
रौतहट न्यूज़// हिन्दी फिल्म अभिनेत्री ऐश्वया राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।
जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ।यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।मुम्बईका मेयर किशोरी पेडनेकरका अनुसार जया, ऐश्वर्या र आराध्याको नेगेटिभ आएको थियो, तर पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो।
यस अगाडि शनिबार राती बरिष्ठ अभिनेता अमिताभ बच्चनले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। त्यसको केही समयपछि बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनले आफूपनि कोरोना संक्रमित भएको जानकारी ट्वीटरमार्फत दिएका थिए।७७ वर्षका अभिताभलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन ।
अमिताभ र अभिषेकलाई कोरोना भाइरसको संक्रमण भएको खबर आएपछि बलिउडका धेरै कलाकारहरुले उनीहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।बच्चन परिवारमा जया, उनकी छोरी स्वेता उनका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।