• मौलापुर नगरपालिकाले फ्री बिजुली पानीको घोषणा सहित ३९ करोड़को बजेट प्रस्तुत गरेको छ ।
    आजपा अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त नगरसभामा प्रस्तुत बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरुको घोषणा गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ‘सत्ता पक्ष र प्रतिपक्ष नभनी समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।’ उनले जनताको समस्या समाधानका लागि अघि बढ्नुपर्नेमा जोड दिए । यस नगर सभाले मौलापुर बहुप्राविधिक शिक्षालयबाट मौलापुर नगर भित्रका छोरीहरुलाई निशुल्क शिक्षा दिने कार्यलाई निरन्तरता दिएको छ । मौलापुरले लिएको “सुन्य कर नीति” सराहनिय रहेको छ । “बिजुली- पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको ग़ौरब बढ़ाएको अध्यक्ष साहले बताए ।

    नगरसभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको मौलापुर नगरपालिकाका उप नगर प्रमुख नागेन्द्र यादवले जानकारी दिए । यस नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिकपूर्वधार, कृषी, पशुपक्षी, खानेपानी तथा सरसफाई, उधोग, वाणिज्य तथा वित्तिय लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको उपप्रमुख यादवले बताए ।