• राजकुमार यादव 

    रौतहटको बौधीमाई नगरपालिकामा बजेट पेस गर्ने दिन वडाध्यक्षहरू विरोधमा उत्रेपछि नगरसभा स्थगित भएको छ । 

    बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरेका थिए । उपमेयर प्रमिला देवी जयसवालसहित बहुमत कार्यपालिका सदस्यले नगरसभा बैठक बहिष्कार गरेका हुन् । 

    मेयर यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै नगर उपप्रमुख प्रमिला देवीको रोहबरमा वडा १ का वडाध्यक्ष रामजोधी पटेल , वडा २ का वडाध्यक्ष धर्मेन्द्र पटेल , वडा ३ का वडाध्यक्ष मनिभुषण साह , वडा ७ का वडाध्यक्ष नरेन्द्र कुशवाहा र वडा ९ का वडाध्यक्ष मुक्तिनरायण मिश्रा सहित ३४ जना कार्यपालिका सदस्यहरुले बहुमत सहित सभास्थलमा नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका हुन् ।

    बहुमत सहितको विरोधमा उत्रिएका कार्यपालिका सदस्दय हरुले सुचनाको हक दर्ता गराए पनि नगर प्रमुख यादवले विभिन्न शिर्षकको खर्चा सहितको सुचना दिन न मानेको ले कार्यापालिका सदस्य हरुले बहिष्कार गरेको कार्यपालिका सदस्य विहारी ठाकुरले जनकारी दिनु भयो ।

    पत्रकार राजकुमार यादव संगको कुराकानीमा वडा ९ का वडाध्यक्ष मुक्तिनरायण मिश्राले राजस्व परामर्श समिति छलफल , बजेट तर्जु , अनुमानित बजेटको जनकारी , बजेट निर्धारण बारे जनकारी जस्ता क्यौं विषयवस्तु लुकाई छिपाई एकलौंटी ढंगले नगर प्रमुख यादव नगर सभा गर्न लागेको बताए ।