• – राजकुमार यादव

    रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । विहिबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको मौलापुर ईलाका प्रहरीले जनाएको छ ।

    मौलापुर नगरपालिका – ८ सोनरनिया बस्ने रामायण बैठा धोबीको अन्दाजी ५५ वर्षिय धरोहरी देवी धोबीको ज्यान गएको हो । दिउँसो खेतमा धान रोप्ने क्रममा चट्याङ खस्दा धरोहरी देवी बैठाको ज्यान गएको प्रहरीले जनाएको छ ।


    वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै नेपालमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।