रौतहटबाट सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधबार १३ सय भन्दा बढी बिरुवा रोपिएको छ ।
तराई बिकास तथा सन्चारकेन्द्र नेपालको आयोजनामा रौतहटको सिन्दुरेघारी चादी खोला छेउमा १३ सय भन्दा बढी बिभिन्न प्रजातीको बिरुवा रोपिएको हो ।
बृक्षारोपणको सुरुवात रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका थिए । पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य आज बाट प्रारम्भ भएको छ । बृक्षारोपण शुरुवात गदै प्रजिअ रेग्मीले यस्तो पबित्र कार्यमा सबै जोडिन आग्रह गरेका छन । जन्मदिनको अवसरमा अनावश्यक खर्च रोकेर यस्तो पबित्र कार्यमा सबै लाग्नुपर्ने प्रजिअ रेग्मीको धारणा थियो ।
यसैगरी नेपाली सेना रौतहट का प्रमुख सेनानी गङ्गाबहादुर बिष्टले पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफुल बगैंचा तयार गरिदिने कार्य आज बाट प्रारम्भ भएको बताए । समाजिक कार्यमा सक्रियता पुर्वक सहभागिता जनाउदै आएको नेपाली सेनाले बृक्षारोपण कार्यलाइ पनि उतिकै महत्वका साथ काम गदैआएको प्रमुख सेनानी बिष्टको भनाइ रहेको थियो ।
तराई बिकास तथा सन्चारकेन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र,इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब नेत्र प्रसाद शर्मा,जन जागृती बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य थापा, जनजागृती माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द दुलाल,जनजागृती माबिका प्राचार्य शत्रुधन साह,क्यापसका प्रमुख अमृतकुमार केसी नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण अधिकारी,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा लगायतको उपस्थीती रहेको थियो ।
यसैगरी जीवन बिज्ञान चन्द्रनिगाहपुरका शैलेश उपाध्याय,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सशस्त्र प्रहरी सन्तपुर बेस क्याम्पकाका प्रमुख, जिल्ला भु संरक्षण कार्यालयका प्रमुख,लाइन्स क्लबका प्रतिनिधि,पन्च आधारभुत बिद्यालय प्रधानाध्यापक शिक्षकहरु,सुर्योदय एकेडेमी प्रेम तुल्सी एकेडेमी बिद्यालयका शिक्षक बिद्यार्थी , सिन्दुरेघारी टोल बिकास सस्था ,मुलघर कृषि सहकारी सस्थाका पदाधिकारी ,जिल्ला स्थित सन्चारकर्मी, स्थानीय समाजसेवि सर्वसाधारणले बृक्षारोपण गरेका थिए ।
सोही कार्यक्रममा बुधबार जन्मदिन परेका चन्द्रपुर नगरपालिकाका वाड नं. ९ निवासी वासुदेव अधिकारी ,मुलघर कृषि सहकारी सस्थाका सह ब्यबस्थापक तुलसा पुलामी, जन जागृती माबी सिन्दुरेघारी अध्ययनरत छात्राहरु सन्ध्या श्रेष्ठ ,सम्झना कुमारी राम र रिता साहले आफनो जन्मदिन विभिन्न जातका फुलका बिरुवा रोपेर मनाएका थिए । चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेको बासुदेब अधिकारीले आफनो जन्मदिनको अबसरमा बृक्षारोपण गर्न पाउदा हर्षित भएको बताएका छन । जन्मदिनको अबसरमा फजुल खर्च नगर्न समेत अधिकारीले सल्लाह दिएका छन ।
यो अभियानलाइ देश ब्यापी बनाउने तराई बिकास तथा सन्चारकेन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द चौलागाईले जानकारी दिएका छन । यो अभियानलाइ तिब्रता दिन गृह नगर चन्द्रपुर आएका पत्रकार चौलागाईले यो अभियानले काठमाण्डौमा पनि ब्यापकता रुप लिएको बताए । सकरात्मक सोचका साथ समाजलाइ सतकर्म तर्फ लैजान यो अभियान अपरिहार्य भइरहेको पत्रकार चौलागाईको भनाइ रहेको थियो । करिब ३ महिना अगाडी देखी यो अभियान रौतहटमा चलिरहेको छ ।
बुधबार भएको कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी बिष्टले बगैचा निर्माणका निम्ति नेपाली सेनाले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा जजामाबी सिन्दुरेघारी का प्रधानाध्यापक शत्रुधन प्रसाद साहलाई यसपटक राम्रो नतिजा दिन सफलता हातपारेको भन्दै प्रमुख अतिथि प्रजिअ रेग्मीले सम्मान गर्नुभएको थियो।त्यसैगरी अभिभावकका तर्फबाट रामकुमार रोक्कालाई सम्मान गर्नुभयो । बिहान देखि चलेको सो कार्यक्रममा सिन्दुरेघारी धर्मशालाको गेट बाट अशोक र धुपिका बिरुवा रोप्दै बर्थडेपार्क सम्म लैजाने अभियानको समेत धर्मशाला अगाडि बाट सुरुवात गरिएको थियो।कार्यक्रम संचालन प्रराज चौलागाईंले गरेको सो कार्यक्रम स्थानीय समाजसेवी खडग बहादुर कार्की लगायतका प्रतिष्ठित ब्याक्तित्वहरु सयौका सख्यामा स्वतस्फूर्त अभियानमा सामेल भएका थिए।अभियान सफल बनाउन टोल टोल मा समिति समेत गठन गरेर दर्जनौं सस्थाका प्रतिनिधित्व हुने गरि रौतहट बाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको जन्म दिनलाई सतकर्ममा जोडौ अभियानलाइ एक्यवद्धता सहितको हाम्रो सहभागिता लेखिएको ब्यानर बोकेर आफनो स्थानमा बृक्ष रोपिएको छ दिनभरमा तेह्र सय बृक्ष रोपिएको सिन्दुरेधारी टोल बिकास सस्थाका अध्यक्ष राम प्रसाद त्रिपाटिले रौतहट न्युजलाई बताए
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,