• ललन यादब

    रौतहट न्यूज़//रौतहट जिल्लाको माधव नरायण नगरपालिकाको पाँचोै नगर सभा आज सम्पन्न भएको छ । रौतहटको माधव नरायण नगरपालिले पाँचौ नगरसभाबाट आ.ब.२०७८/७९को लागि रू.४३करोड ९५ लाख १९हजार५सय ४२रूपैयाँ ,८०पैसा को नीति तथा कार्यक्रम सार्वजनिक गरेेको छ।

    नगरपालिकाको सभाहल मा समपन्न नगर सभा को प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र यादब ले चौतर्फी नगर को बिकासका लागि लयाएको बजेट सरहानिय रहेको ले जनता लाई चौतर्फी सेवा पुगने बताउनु भयो। नगरपालिकाको समृद्धिको आधार कृषि ,शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार भन्ने मुल नारा सहितको बजेट नगर प्रमुखलेप्रस्तुत गर्नु भएको छ । सम्पन्न सभा मा बोल्दै उपनगर प्रमुख सिमल शाह ले आ.ब.२०७८/७९ को लागि विनियोजित रकम आन्तरिक आयलाई व्यवस्थित बनाउदै कृषि ,शिक्षा, स्वास्थ्य सहितको योजना प्राथमिकतामा रहेको चौतर्फी जनता लाई सेवा सुबिधा पुगने नगर उपप्रमुख सिमल साहले बताएकी छीन्।

    आज भएको पाँचौ नगरसभा बाट आगामी वर्ष चालुतर्फ ८ करोड ६३ लाख ४४ हजार ५ सय ४२ रुपैँया ८० पैँसा , पूँजीगततर्फ १२ करोड ६५ लाख खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै नेपाल सरकार बाट वित्तीय व्यवस्थातर्फ ११ करोड ८५ लाख, ‌प्रदेश सरकार बाट परापत हुने बितिय समानिकरन तर्फ रू८० लाख , नेपाल सरकार बाट प्राप्तहुने राजश्व बाडफाट तर्फ रू.७करोड एका्न्बे लाख छबिस हजार ,रहेको छ।,