• प्रेमचन्द्र झा

    राैतहट न्यूज़ । राजपुर फरहदवा वडा नम्बर ५ स्थित श्रीमतिलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाइ पक्राउ गरेका छन ।
    स्थानिय मसुद आलम लहेरीले आफनो श्रीमतिको ३६ वर्षिया नाजमुन खातुनको हत्या गरेको आरोपमा पक्राउ गरि घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिएका छन । ।

    श्रीमति खातुनलाई श्रीमान लहेरीले विहिबार राति ०४:३०बजे हत्या गरेको प्रहरीलाई दिएको प्रारम्भिक वयानमा स्विकार गरि सकेको प्रहरी उपरीक्षक घिमिरेले बताए । छुटीएर बस्दै आएको अवस्थामा यस्ताे धटनामा अन्य कसै उपर हत्याको आरोप लगाउनु न्यातोचित नहुने उनले बताए ।
    खातुनको एक छाेरा र दुई छोरी छन ।
    देवाही गाेनाही नगरपालिका वडा नम्बर ६का नेयामत मियाले मेरो छोरी ३६ वर्षिया नाजमुन खातुनको हत्यामा उनका सासू ससुराको संलग्नता रहेको जिल्ला प्रहरीकार्यालय राैतहटमा बुझाईको जाहेरी दरखास्तमा उल्लेख रहेका छन ।