• राजकुमार यादव

    रौतहट जिल्लाभरिका १८ स्थानीय तहमध्ये २ पालिकाले आन्तरिक विवदका कारण निर्धारित समयमा बजेट ल्याउन असफल भएका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गतेभित्र नगर सभा सम्पन्न भइसक्नुपर्ने व्यवस्था रहेको छ । सो  स्थानीय सरकार सञ्चालन ऐन अनुसार जिल्लाको फतुवा विजयपुर नगरपालिका र देवाही गोनाही नगरपालिकाले नगर सभा सम्पन्न र आगमी बजेट प्रस्तुत गर्न असफल भएको छ ।

    जिल्लाको मौलापुर नगरपालिका , गरुडा नगरपालिका , चन्द्रपुर नगरपालिका , गढीमाई नगरपालिका , माधवनरायण नगरपालिका , कटहरिया नगरपालिका , गुजरा नगरपालिका , गौर नगरपालिका , वृन्दावन नगरपालिका , राजदेवी नगरपालिका , परोहा नगरपालिका , राजपुर नगरपालिका , इशनाथ नगरपालिका , बौधीमाई नगरपालिका , यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिका सहित १६ वटा पालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० गते सम्म नगर सभा तथा गाउँसभा सम्पन्न गरेको हो ।

    आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा मौलापुर नगरपालिकाले ३९ करोड़को बजेट प्रस्तुत गरेको छ भने गरुडा नगरपालिकाको एघारौ नगरसभाले ७० करोड २० लाख ५९ हजार , चन्द्रपुर नगरपालिकाको १३ औ नगर सभाले १ अर्ब ८ करोड १० लाख ४१ हजार , गढीमाई नगरपालिकाको एघारौं नगरसभाले ५९ करोड ५० लाख एक हजार , माधवनरायण नगरपालिकाको नवौं नगर सभाले ४९ करोड ७४ लाख ,कटहरिया नगरपालिकाको दशौं नगरसभाले  ४६ करोड ६२ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ ।

    त्यस्तै गुजरा नगरपालिकाको दशौ  नगरसभाले ५७ करोड ६८ लाख ६३ हजार , गौर नगरपालिकाको १४ औं नगरसभाले ६५ करोड ११ लाख ८० हजार , वृन्दावन नगरपालिकाको आठौं नगर सभाले ६९ करोड १२ लाख ३० हजार , राजदेवी नगरपालिकाको १२ औं नगर सभाले ४८ करोड १० लाख ९६ हजार , परोहा नगरपालिकाको आठौं नगर सभाले ४८ करोड ४४ लाख १९ हजार ,राजपुर नगरपालिकाको ८ औ नगरसभाले ५५ करोड ६० लाख ५३ लाख , ईशनाथ नगरपालिकाको नवौं नगरसभाले ५१ करोड ,यमुनामाई गाउँपालिकाको आठौं गाउँसभाले ३३ करोड ८२ लाख छ हजार नौ सय ९९ रुपैया , दुर्गा भगवती गाउँपालकाको नवौं गाउँसभाले ३७ करोड ६५ लाख ५६ हजार र बौधीमाई नगरपालिकाको नवौं नगरसभाले ६० कराेड १२ लाख ८१ हजार गरी रौतहटको १८ वटा पालिका मध्ये १६ वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित बजेट ८ अर्ब ९९ करोड ८६ लाख ३९ हजार  प्रस्तुत गरेका छन् ।