• रमेश कुमार यादब
    गरुडा नगरपालिकाको वार्ड नं. ५ मा वार्ड भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।सोहि वार्डको वडाअध्यक्ष राम बिनोद साहले वार्डमा आयोजित वडा भेला कार्यक्रमबाट महत्वपूर्ण घोषणाहरु गर्नु भएको छ । उहाँले आउँदो श्रावण महिनाबाट वार्डमा कृषि कार्य गरिरहेका किसानहरूलाई कृषि मिटरको महशुल वडाबाटै तिर्ने व्यवस्था गरिने जानकारी दिनु भएको थियो । यस घोषणाले किसानहरूलाई आर्थिक रूपमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

    वडाअध्यक्ष साहले कृषिको महत्त्वलाई विशेष जोड दिँदै, वार्डभित्रका किसानहरूको समस्या समाधान गर्न र उत्पादन वृद्धि गर्न यस कदम चालिएको बताउनु भयो। उहाँका अनुसार, यस योजनाले कृषिमा संलग्न व्यक्तिहरूलाई आर्थिक भार कम गर्न मद्दत पुर्याउनेछ र उनीहरूको उत्पादनशीलता बढाउन सहयोग पुर्याउनेछ। त्यस्तै, वडाअध्यक्ष साहले शिक्षा क्षेत्रमा पनि विशेष ध्यान दिने योजना बनाएको बताउनु भयो । उहाँले वार्डमा शिक्षा सुधारको लागि विभिन्न कार्यक्रमहरूको सुरुवात गरिने जानकारी दिनुभयो। शिक्षा क्षेत्रमा सुधारका लागि अतिरिक्त कक्षा, छात्रवृत्ति कार्यक्रम र शैक्षिक सामग्रीहरूको वितरण जस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो । उहाँले शिक्षा र कृषिको विकास नै समग्र समुदायको विकासको आधार भएको बताउँदै, यसतर्फ वडाको विशेष ध्यान रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वडा भेलामा सहभागी स्थानीय बासिन्दाहरूले वडाअध्यक्ष साहको यो कदमको स्वागत गरेका छन् र आगामी दिनमा थप सकारात्मक परिवर्तनहरूको अपेक्षा राखेका छन् ।

    वडाअध्यक्ष साहले आगामी दिनमा वार्डको समग्र विकासको लागि स्थानीय बासिन्दाहरूको साथ र सहकार्य आवश्यक रहेको भन्दै, सबैलाई मिलेर अघि बढ्न आह्वान गर्नु भएको थियो । यस कार्यक्रमले वार्डको विकासमा नयाँ उत्साह र उर्जा ल्याउने विश्वास लिइएको छ। त्यसतै वडाअध्यक्ष साहले आ.व २०८०/२०८१ मा वाडबासिहरुको लागी १ करोड ७९ लाखको वाडमा बिभिन्न कार्य गरेको बताउनु भएको थियो । सो कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष रामबिनोद साहले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गरुडा नगरपालिकाको मेयर प्रत्याशि विपिन जैसवाल रहनु भएको थियो । उक्त वडा भेला कार्यक्रममा उपस्थित रहेको आम जनसमुदायहरुले त्यस वार्डमा बिभिन्न किसिमको कामहरु ग्र्न बाँकी रहेको भन्दै उक्त कार्यहरुलाई यथाशिघ्र अगाडी बढाउन वडाअध्यक्ष साहलाई आग्रह गर्नु भएको थियो । अन्तमा वार्डबासिहरुको समस्यालाई बिशेष ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    त्यस्तै यो पढ़नु होस् विजुलीको पैसा नतिर्ने रौतहटका ३० वटा सामुदायिक बिधालयको बिजुली काटियो ।

    रमेश कुमार यादब
    बिधालयहरुले बिद्युत महसुल नतिरे पछि रौतहटका ३० बटा सामुदायिक विद्यालयको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखा अन्तर्गत चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुको लाइन काटिएको हो ।

    विद्यालयको नाममा जडान गरिएका मिटरहरुमा विद्युत महसुल धेरै उठेको र पटक(पटक महशुल तिर्नका लागि ताकेता गर्दा नतिरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन।नेपाल विद्युत प्राधिकरण ले चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया, बतहु माध्यमिक विद्यालय हरसाह, लगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत लाइन काटिएको हो ।नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखाले सामुदायिक विद्यालयहरुको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पङ्खा चलाउन नपाउदा गर्मीमा पिडित बनेका छन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्ने तर्फ ध्यान नदिएका कारण विद्यालयको लाइन काटिएको हो । विद्यालयको लाइन काटिएपछि विद्यार्थीहरु बिना पङ्खा अध्ययन गर्न बाध्य भएका छन् ।४० डिग्री गर्मीको बेला विद्यालयमा बिजुलीको लाइन काटिएपछि आफूहरु गर्मीमा कक्षाकोठामा बसेर पढ्न बाध्य भएको कृष्ण मावि बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरी दुखेसो पेखेका छन ।

    व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले विद्युत महसुल तिर्न ध्यान नदिएका कारण विद्युत प्राधिकरणले बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको प्रमुख यादवको भनाइ छ ।