• आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारका ठग बचाउन गृहमन्त्रीले शान्तिपुर्ण जुलुसमा रोक लगाएको आरोप लगाएको छ ।

    वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन आईटी आर्मीले काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग जाने बाटोमा नारा जुलुस गर्न खोजदा प्रहरीले रोकेको आरोप छ ।
    आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले शान्तिपुर्ण विरोध जुलुस गर्ने संवैधानिक अधिकार हो तर गृहमन्त्रीले पवारको दुरुपयोग गरी बिना कारण शान्तिपुर्ण जुलुसमा रोक लगाउनुभएको छ । यसले आम पीड़ितलाई चोट पूगेकोछ । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालयको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभागकै अगाडी श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रमक तरिकाले अगाडी बढाएको छ ।

    आन्दोलनमा सहभागी आजपाको महिला नेतृ रन्जु कुमारी साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।

    ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ साहले भने ।

    आन्दोलनमा सहभागी आजपाको अर्का महिला नेतृ सिमा जयसवालले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका अन्य समस्याहरु समाधान गर्नुपर्ने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

    उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए ।

    अर्का महिला नेतृ चन्दा साहले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ ।

    ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ आर्याले भने ।

    आजपा नेतृ एवं आन्दोलनकारी कनक सिंहले असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । आजपा नेतृ मिनादेवी साहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताउ ।

    नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको साहको भनाई रहेको छ । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।