• चन्दन पटेल

    रौतहट न्यूज// रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर -२ मा रहेको Grate mountains educational Consultancy को आयोजनामा भएको शिक्षक संग भेटघाट कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।

    जिल्लाको सदरमुकाम गौरमा रहेको रिपोर्टर्स कल्ब नेपालको सभा हलमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा प्रमुख अतिथिको रुपमा बारा जिल्लाको चर्चित युवा तथा शिक्षा प्रेमी शिक्षक कन्सलटेन्सी अध्यक्ष लालमहमद अंसार उपस्थित भएका थिए ।

    कार्यक्रममा विशिष्ट अथिती परोहा नगरपालिकका ब्रहम ज्योती मा.वि का प्र.अ अरुण यादव लगायत विभिन्न २० वटा विद्यालयका प्र.अ तथा शिक्षकहरु अतिथिको रुपमा उपस्थित भएका थिए।

    कार्यक्रममा प्रमुख अथिती अंसारीले आफ्नो परिचय सहित कन्सलटेन्सीले विगतको दिन देखि गर्दै आएको कार्य र त्यस बाट विद्यार्थीहरुले पाएको सफलताको बारेमा चर्चा गरे संग गरिब , विपन्न परिवालका लगनशिल विद्यार्थीहरुको लागि सबै भन्दा उत्कृष्ट र सहि मार्ग ग्रेट माउटेनस एजुकेशनल कन्सलटेनसीले हेराउदै आएको र अब देखि रौतहटका कमजोर तथा गरिब , विपन्न विद्यार्थीहरुको लागि यो कन्सलटेनसीले कम भन्दा कम फिसमा राम्रो र अहिलेको आवश्यता भएका कोर्सको लागि कान्सेलिङ्ग गर्न प्रतिवद्वता व्यक्त गर्दै आफ्नो मन्तव्य अन्तय गरेका थिए ।

    कार्यक्रममा उपस्थित शिक्षकहरु आफ्नो मनमा उठेका प्रश्न सोधेका त्यसको जवाफ दिदै कन्सलटेन्सीका अध्यक्ष लाल महमद अंसारीले आफ्नो मन भित्र रहेको कुनै पनि जिज्ञासा कुनै पनि समय सोध्न र सल्लाहको लागि २४ घण्टा आफु तयार रहेने बताए ।

    कार्यक्रमको अध्यक्ष तथा गौर शाखा प्रमुख चन्दन पटेलले आफ्नो सानो मन्तव्य राख्दै कार्यक्रमको समापनको घोषणा गरेका थिए ।