• रौतहट न्यूज़ // रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा जनमत पार्टीका नेता द्वारा हाथपात सहित दुर्व्यवहार भएको छ ।

    विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले हाथपात सहित दुर्व्यवहार गरेको पत्रकार यादवले बताउनु भयो।

    पत्रकार यादवले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार यादवले बताउनुभएकाे छ । कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवले भनाइ छ ।

    घटना लगत्तै यादवले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने कृषि मन्त्रीका भाइ र उनका स्वकीय सचिवको बारेमा चौकी प्रमूख यादवलाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ रौतहटमा जानकारी गराउनुभएकाे थियाे । यादवले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ ।

    सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुदै आएको छ, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर सम्बन्धीत निकायले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याउन यादवको मांग रहेको हो ।