• प्रेमचन्द्र झा

    राैतहट न्यूज । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अपराधीलाई कानुनको भय नभए सम्म अनुशासित समाजको कल्पना गर्न नसकिने कुरा बताएका छन ।

    एकद्वार संकट व्यवस्थापन केन्द्र राैतहटको जिल्ला समन्वय बैठकमा बोल्दै सो कुरा बताए ।लैङ्गिक हिंसामा पनि भय देखाउ जरुरी रहेको तथा स्थानिय तहको सहयोगमा टोल टोलमा प्रहरी परिचालन गरि न्युनिका गर्नु पर्ने बताए ।लैंगिक आधारमा मधेशमा बढदै गएकोले सबैलाई सजग सचेत हुन जरुरी रहेको कुरामा प्रजिअ मिश्रले जोड दिएका छन ।प्रादेशिक अस्पताल गाैरको प्रस्तुतिमा मधेसमा बसाेबास गर्ने पहाडी समुदायको भन्दा मधेसी समुदायमा लैंगिक हिसा बढि देखिएकोमा उनले अवस्था असहज रहेकाे टिप्पणी गरे । लैंगिक आधारमा हुने हिंसा पिडितलाई गुणस्तरीय सेवा कसरी दिन सकिन्छ, जिल्लामा लैङ्गिक हिसाका अवस्था भएको सहयाेग भावि कार्य याेजना सहितका विषयलाई समेटेर तथार गरिएको एक कार्य पत्र प्रादेशिक अस्पताल गाैरका डा.प्रिती झाले प्रस्तुत गर्नु भयो ।

    सो बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगर, प्रदेशिक अस्पतालका निमित प्रमुख डा. मुरारी ठाकुर , जेष्ठ नागरिक समाजका अध्यक्ष विजय किशोर झा, नेपाल वार एसोसिएसनका अध्यक्ष नन्दकिशोर साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सहितले लैङ्गिक हिंसा पिडितलाई दिने आवश्यक सहयोगकाका बारे सुझाव दिएका छन ।