
राजकुमार यादव
रौतहट न्यूज़// नेकपा एमाले पार्टीको रौतहट – काठमाण्डौं सम्पर्क मञ्चद्वारा आयोजित बृहत जिल्ला भेला शनिवार कठमान्डौ स्थित रोज पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

हजारौं संख्याको जनसहभागिता सहित हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रुपमा सु-सम्पन्न भएको हो । रौतहट क्षेत्र नंबर १, २, ३ र ४ को क्षेत्रीय सम्पर्क कमिटीहरु शैलेन्द्र कुमार यादव, उदय जयसवाल, डा. अरुण कुमार साह र ईन्दल साहको संयोजकत्वमा ७५ सदस्य क्षेत्रीय कमिटीहरु सर्वसहमत रुपमा चयन भएको थियो ।

उक्त कार्यक्रममा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न पार्टीबाट पार्टी परित्याग गरी ठुल्लो संख्यामा नेकपा एमालेमा गोलबन्द भई प्रवेश गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यमा र पूर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको विशिष्ठ आथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

नेकपा एमाले पार्टीको रौतहट – काठमाण्डौं सम्पर्क मञ्चद्वारा आयोजित बृहद जिल्ला भेलाबाट अध्यक्षमा डा. अरुण कुमार साह , उपा- अध्यक्षमा सेतो गिरी , सचिवमा शेख समिर शाही , उपसचिवमा राजेन्द्र शाह र मधु चौधरी सहित ७५ सदस्य गठन भएको छ ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।