
– राजकुमार यादव
रौतहट न्यूज //
रौतहटको गरुडा नगरपालिका ८ मा रहेको श्री रामचन्द्र माध्यमिक विद्यालयको दुईकोठे पक्की भवनको शिलान्यास गरिएको छ। सोमबार एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले भवनको शिलान्यास गरेको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री रामचन्द्र माद्यामिक बिधालय बसबिटी जिंगडियामा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको हो । उक्त कार्यक्रम बीच श्री रामचन्द्र माध्यमिक विधालयका छात्र , छात्रा हरुले नर्व निर्वाचित मेयर कन्यमनी जैसवाल र उपमेयर पुनम कुमारी चौधरी लाई फूल प्रदान गरी सम्मान गरेका छन् ।

उक्त २ कोठे पक्की भवन करिब १८ लाखको लागतमा निर्माण सम्पन्न हुनेछ । सो नगर भित्र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पक्कि भवन निर्माणतर्फ चालू आर्थिक वर्ष २०७८/७९ का लागि २ ओटा सामुदायिक विद्यालय छनौटमा परेका थिए । जसमध्ये सोही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद यादवका अनुसार गरुडा नगरपालिका २ मा रहेको गेडही माविको भने ४ कोठे पक्की भवनको शिलान्यास भईसकेको छ ।

सरकारले सामुदायिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित कार्य संचालन गर्दै आएको छ ।

मधेश प्रदेशमा १८० विद्यालयमा ४ कोठे भवन, १९७ विद्यालयमा २ कोठे भवन, २३५ विद्यालयमा आईसीटी ल्याब व्यवस्थापन, पाँच विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा चार वटा विद्यालय छनोट भएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।