• -राजकुमार यादव

    रौतहट न्यूज// रौतहटको गढीमाई नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि हरुको दोस्रो कार्यकालको आठौ नगर सभा बुधबार सम्पन भएको छ । ” गढीमाई नगर स्वच्छ सफा र समृद्ध शहर ” भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच नगर कार्यपालिकाको सभा हलमा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा आठौ नगर सभा सम्पन्न भएको हो ।

    नगर सभाका सभाअध्यक्ष तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले गढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गरिएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।

    उक्त कार्यक्रममा नगरकाे चौतर्फि विकासकाे लागि आर्थिक वर्ष २०७९/८० का लागि जम्मा ६५ करोड ६२ लाख ९५ हजार रकम नगर प्रमुख यादवले विनियोजन गरेका हुन् । खानेपानी सरसफाई वातावरण तथा विप्द व्यवस्थापन , शहरी आवास तथा भौतिक पूर्वधार विकास , शिक्षा स्वास्थ्य तथा खेलकुद , सामाजिक सुरक्षा तथा सामाजिक विकास , पर्यटकीय पूर्वाधार, कृषि पशु ,वन र यातायात तथा संचार लाई विशेष प्राथमिकतामा राखी  उक्त बजेट प्रस्तुत गरेका छन् ।

    सो कार्यक्रममा पुँजीगत तर्फ ३० करोड ७५ लाख ३७ हजार , चालु तर्फ ३४ करोड़ ८७ लाख ५८ हजार बिभिन्न शिर्षकहरु बनाई योजना निमार्ण गरिएको छ । नगरको क्षेत्र भित्र शुद्ध , स्वच्छ तथा सफा खानेपानीको लागि व्यवस्था मिलाउने नगर प्रमुख यादवले विशेष जोड दिनु पर्ने बताउनु भयो ।