• रौतहट न्यूज//रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा ८ को राजनीतिमा संलग्न रही नेपाल प्रहरी का असई कमलेश यादवले घरेलु हाथ हथियार सहीत दुई जाना स्थानीयलाई गम्भिर घाइते बनाएका छन् ।

    पर्सा जिल्लाको विपत व्यवस्थापन पोष्टमा कार्यरत रहेका यादवलाई निर्वाचनको लागी बाराको चिउराहामा खटाइएको थियो। प्रहरी यादवको घर रौतहट जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनियामा घर भएकाले प्रहरी यादवले भाई शिवप्रसन यादवको राजनीतिमा संनलग्न रही राजनीति गर्दै आएको हो । राजनीति गर्दै आएको प्रहरी यादवले राजनीतिको रिस खिसको कारण स्थानीय राजकिशोर यादव र सिकिन्द्र यादवलाई गुण्डा शैलिमा हाथ हथियार सहित कुटपिट गरी गम्भिर घाइते बनाएका छन् ।सोनरनियाँ बजार चौकमा घुम्दै रहेको अवस्थामा स्थानीय सिकेन्द्र यादवलाई एकासी गुण्डा शैलीमा हाथमा फाईटर लगाएर प्रहरी यादवले कुटपिट गरेको स्थानीयले बताए ।

    प्रहरी कमलेश यादवले विगत देखी पटक पटक करवाहीमा पर्दै आएको छ । प्रहरी कमलेश यादवको गुण्डा शैलिको कारण सोनरनियाँ अतंकित बन्दै गएकोले प्रहरी ले पनि यस प्रति कुनै चासो न देखाएको स्थानीय ले बताए । घाइते यादवको उपचार गौरको जिल्ला अस्पतालमा भई रहेको डा. संजय यादवले बताउनु भयो ।