• -राजकुमार यादव

    रौतहट न्यूज़/ पूर्व मंत्री प्रभु साहले सांसद जनप्रतिनिधि प्रतिनिधिसभा सदस्यको हैसियतमा विगत चार वर्ष देखी वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको बुझिएको छ। फेसबुक पेजको स्टटस मार्फत वहांले सार्वजनिक गरेको विवरण अनुसार एउटा जनप्रतिनिधिको हैसियतले भए गरेका कामहरू नै जनताको घर घरमा हाथ हाथमा पुर्याउने आदेशको कुरा स्पष्ट भएको छ।

    लोकतन्त्रमा जनता प्रति जवाफदेही नेतृत्व नै लोकतन्त्रको गहना हो। लोकतन्त्रमा जवाफ देही सरकार भएन भन्ने लोकतन्त्र टिकाउ हुन सक्ने परिपक्त ढंग रहेको देखिएनन। र जनता विनाको सहभागिता जनता विनाको उतत्साह रहेको देश निर्वाह पनि हुदैन। देशमा सरकार रहेका पार्टीको नेताहरु जसरी गैरजिम्मेवार ढंगले अगाडी बढी रहेको छ। जनतालाई गलती बुझ्ने शैलीले जुन सरकार काम गरिरहेको छ।जनता संग आँख मिचोली गरेका सरकारको ठुलो झटका हो पूर्व मंत्री साह हालमा प्रभु साह सांसद पनि छैन तर पनि वहांले सके सम्म जनताहरूलाई गुमराहबाट बचाउन प्रयास रर्दै आयी रहेको छ।

    Prabhu sah page profile

    रौतहटको क्षेत्र नं ३ मा भएका कामहरूबारे जनकारी गराउदै साहले कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा वार्षिक प्रतिवेदनमा साहको नेतृत्वमा आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई समेटिएको छ । सार्वजनिक विवरणमा सम्पन्नजनसम्बन्ध तथा सेवा, जनपरिचालन एवम् दिशानिर्देश, शिक्षा र स्वास्थ्य, बाँध तटबन्ध तथा नदी नियन्त्रण, सिँचाई, उर्जा, सडक पूर्वाधार, भवन तथा खानेपानीसम्बन्धी कार्यहरुको जानकारी दिइएको छ।

    पूर्व मंत्री साहले २०७५/७६ देखी २०७७/७८ सम्मको सम्पूर्ण कार्य प्रगति विवरण फेसबुक पेजमा राखेका छन्। प्रस्तुत विवरण अनुसार लाल बकैया टटबन्ध,धनसर प्रवेश द्वार,मौलापुर एफ.एफ., कटहरिया विवाह भवन, जंगलसहिया देखी बालचनपुर सम्म कालोपत्र रोड र धुवा मुक्त क्षेत्र बनाउने प्रतिवद्वता अनुरूप क्षेत्रको प्रत्येक घर धुरीलाई ग्यस सिलिन्डर वितरण तथा विभिन्न कार्य  गरेको ७७/७८को कार्य प्रगति विवरणमा प्रस्तुत रहेको छ।