• राजकुमार यादव

    रौतहट न्यूज़// वर्षो देखी रौतहट जिल्लाको विभिन्न क्षेत्रमा अपुग शिक्षक खाली कोटामा नेपाल सरकार संग शिक्षक पुर्तीको लागि अन्सन बसेका रौतहट जिल्ला स्थित कटहरिया नगरपालिका वाडा ८ का चर्चित व्यक्तित्व युवा नेता हेम कुमार साहको ३६ औं जन्मदिनको अवसरमा युवा नेता साह वडाका बिधालयमा अध्ययनरत ३५० बालबालिका लाई स्कुलब्याग तथा कंपी कलम बितरण गरेका छन्।

    पिप्रा पोखरियाको एक गरिब परिवारमा जन्मेका साह विगत १५ वर्ष देखि पुस्तक लेखन कार्यमा संलग्न भई एच.पी.एस. पब्लिकेशनका मेन डाईरेक्टर हुन्। जस द्वारा लिखित पचासौं लाख विधार्थी नेपाल भरी किताब पढ़ी रहेको छ। आफ्नो पेशा संगै समाज सेवामा सक्रिय साह विभिन्न कालखण्डमा शिक्षक ,चिकित्सक र दरबन्दीको लागी पटकपटक राष्ट्रिय नेताहरू लाई ज्ञापन बुझाएको र २०७५ मा hero of madhesh बाट सम्मानित भएको हो।

    जिम्मेवारी लिएर कुनै ठाउँको परिवर्तन गरेर देखाउनु उदेश्यको साथ आफू जन्मेको गाउँ ठाउँलाई देशकै उत्कृष्ट सुशासन सहितको वाडा बनाउन उदेश्यको साथ अगामी चुनावमा वाडाध्यक्ष पदमा भिडदै छ। २०७५ सालको अत्याधिक मत ल्याई ८६ हजार मत बाट hero of madhesh सम्मानित भएका साह विभिन्न पार्टीका नेतालाई चिन्दै विकासको नमुना देखाउनुको साथ आफु जन्मेको ठाउँबाट वाडा अध्यक्ष पदमा उम्मेदवारी दिन घोषणा गर्नु भएको छ।