• राजकुमार यादव

    रौतहट न्यूज़// रौतहट जिल्लाकोको मौलापुर नगरपालिकाबाट प्रसारण सुरु गरेको रेडियो मौलापुर एफ.एम. १०० थोप्ला ७ मेगाहर्जले आफ्नो नियमित प्रसारणको सुरुवात गरेको छ। सोमबार रेडियो मौलापुरको औपचारिक उद्घाटन भएसँगै रेडियो मौलापुरले आफ्नो नियमित १८ घण्टा प्रसारणको शुभारम्भ गरेको हो।

    मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले रिबन काटेर रेडियोको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा मौलापुर नगरपालिकाका उप प्रमुख गौरी शंकर साह, नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरू,बौधीमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी र व्यवसायीहरूको उपस्थिति रहेको थियो।

    उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मौलापुर नगरपालिकाकी नगरप्रमुख साहले रेडियोले प्रसारण गर्ने सामाग्री निष्पक्ष र सन्तुलित हुने विश्वास व्यक्त गरे। विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर गरिने फेक न्युजको धन्दा बढेको भन्दै नगरप्रमुख साहले रेडियो मौलापुरलाई सत्यतथ्य सूचना प्रवाह गर्ने विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्न आग्रह गरिन्। 

    कार्यक्रममा मन्तव्य राख्दै मौलापुर नगरपालिकाकी नगरप्रमुख साहले स्थानीय विकासका लागि स्थानीय सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने विचार व्यक्त गरिन। रौतहट जिल्लामा विकासबाट चर्चित मौलापुर नगरपालिका भएता पनि अहिलेसम्म यस क्षेत्रमा भएगरेका राम्रा कामहरूको उचित प्रसार प्रसार हुन नसकेकोमा रेडियो मौलापुरको स्थापनासँगै स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रमले सञ्चार माध्यममा ठाउँ पाउने साहले धारणा राखिन।

    उद्घाटन कार्यक्रममा मौलापुर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रामबाबु साह,कटहरिया एफ.एम. मैनेजर ज्ञानेन्द्र कर्ण, वाडा ७ का वाडाध्यक्ष रामपुकार साह, वाडा ५ का वाडाध्यक्ष बहिदार राउत कुर्मी र संचारमाध्यमका विभिन्न मिडियाकर्मीको अस्तिति रहेको थियो।