
–
राजकुमार यादव
रौतहट न्यूज़// रौतहट जिल्लाको पुर्वी भेगमा रहेको गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले छ्ठ पर्वको अवसरमा समाजमा अहम योग्यदान पुगने लगातार कार्यक्रम जारी राखेको छ। पवित्र छठ पर्व गर्ने ब्रतालुहरुले नयाँ साडी लाउनु परेको ले पर्व छठलाई लक्षित गरी साडी वितरण गर्दै आएको नगर प्रमुख यादवले आज गढीमाई नगरपालिकाको नगर कार्यपालिकाको कार्यलय समनपुर बजारमा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।


समाजमा दैनिय अवस्था भएका व्यक्तिहरूलाई सेवा गर्ने उदेश्यले बिपिन्न एकल महिला एवं आवस्यक छठ व्रतालुहरु लाई साड़ी वितरण गरेको थियो। आज बुधबारको दिन नगर प्रमुखको नेतृवमा विभिन्न दलका नेताकार्य कार्ता ,नेपाल प्रहरी लगायत, वाडाध्याक्ष, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।


तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरने गरिन्छ। यस्तै छठ पर्व पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । तराई मधेसमै बस्ने पहाडी मूलका अधिकांशले पनि छठ पर्व मनाउन थालेकाले यो पर्वले मधेसी र पहाडीलाई जोड्ने काम गरेको नगर प्रमुख यादवले बताए।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।