• ललन कुमार यादव
    रौतहट न्यूज// रौतहटका अधिकांश पालिकाको कार्यालयहरु दलित आवास निर्माण संघर्ष समितीले घेराउ गरेको छ। सुरक्षित नागरिक आवासको रकम माग गर्दै हजारौं गरिब दलितहरुले सड़क प्रदर्शन गर्नुको साथै कार्यालय घेराउ समेत गरेका छन् ।

    सुरक्षित आवास कार्यक्रम अन्तर्गत घर मर्मत एवं निर्माणको लागि झण्डैं ३ वर्षदेखि स्थानीय तहमा करोडौं रकम आईरहे पनि पीड़ितहरुले अहिलेसम्म कुनै लाभ प्राप्त न गरेको रौतहट क्षेत्र नं १ (ख) विधायक प्रत्यासी उपेन्द्र साहले बताए ।

    स्थानीय सरकार मातहत रहेको उक्त ‘सुरक्षित नागरिक आवास कार्यक्रम’मा भईरहेको चरम लापरवाही, उदाशीनता एवं भ्रष्टाचारले गर्दा करोडौ रक़म फ्रिज एवं दुरुपयोग हुनुको साथै पीड़ितहरु झन आहत भएका छन् । यस दुखद विडम्बनापूर्ण स्थितिलाई बदलन दलित समुदायहरु आक्रोशित एवं आन्दोलित हुनु स्वाभाविक छ ।यस न्यायको आन्दोलनमा पूर्ण ऐक्यबद्धता प्रकट गर्दै आगामी दिनहरुमा पनि मेरो निरन्तर साथ, सहयोग रहने बौधीमाई नगरपालिका मेयर प्रत्यासी त्रिभुवन साह (अमर साह) ले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

    विभिन्न माग राख्दै रौतहटका दलित समुदायले गत मंगलवार सदरमुकाम गौरमा शक्ति प्रदर्शन गरेको थियो। सो प्रदर्शनमा १५ गते रौतहटको सम्मूर्ण नगरपालिका घेराउ गर्न दलित समुदायीमा नि.वर्तमान विधायक कुन्दन कुशवाहाले उदघोष गरे। सो को अनुरूप आज रौतहटको माधव नरायण नगरपालिका,यमुनामाई गाउँपालिका, बौधीमाई नगरपालिका ,गुजरा नगरपालिका लगायत विभिन्न नगरपालिकालाई दलित आवास निर्माण संघर्ष समितीले घेराउ गरेको थियो।