📝
सर्लाही सम्बादाता- लक्ष्मण यादव
रौतहट न्यूज़// नेपाल कम्युनिस्ट पार्टी एमालेको वडा भेला सर्लाही बरहथवा नगरपालिका वडा न. १४ मा सम्पन्न भएको छ।

सो वडा भेलाको प्रमुख अतिथि- ने.क.पा. एमाले केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज श्रीमति ममता देवि महतो तथा बिशिस्ट अतिथि संविधानसभा सदस्य तथा ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य श्री हरि उप्रेती, ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महासंघको केन्द्रिय सदस्य वा बरहथवा नगरपालिका का मेयर प्रत्यासी श्रीमती कल्पना कटवाल, सर्लाही क्षेत्र न.४ (क) का प्रदेश सभा सदस्यको प्रत्यासी उमेदवार श्री रमबाबु यादव र ने.क.पा. एमाले प्रदेश कमिटी सदस्य तथा बरहथवा नगरपालिका इन्चार्ज श्री माधव प्रसाद कोइराला लगायत अतिथिको रुपमा ने.क.पा. एमालेका विभिन्न वडा कमिटीका अध्यक्ष र नेताहरूको उपस्थिति थियो।

उक्त वडा भेलामा नेपाली काङ्ग्रेस,माओवादी तथा ज.स.पा. पार्टी परित्याग गरि जम्मा ३०० जना ने.क.पा. एमालेमा प्रवेश गरेका थिए। उक्त वडा भेला कार्यक्रम द्वारा वडा कमिटी, युवाशक्ति कमिटी तथा अखिल महिला संघ कमिटी गठन गरिएको थियो।

उक्त वडा भेला कार्यक्रमको लाइभ प्रसारण रेडियो बन्धन ९९.२ मेगाहर्ज गोडैता सर्लाही द्वारा गरिएको थियो।सर्लाहीका विभिन्न वडाहरुमा अन्य पार्टी परित्याग गरि ने.क.पा एमाले पार्टीमा प्रवेश गर्नेहरूको लर्को उच्च देखिन्छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।