• नवलपरासी , २८ असार ।

    पश्चिम नवलपरासीको एक चप्पल फैक्ट्रिमा आगलागी भएको छ । आज साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो ।

    उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा वेल्डिङ्गबाट निक्लेको आगोको चिन्गारीले नजिकै राखिएको केमिकलमा आगलागी हुँदा आगो विशाल रुप लिएको थियो । अहिले साँझ ७ बजको समयमा आगो नियन्त्रणमा आईसकेको छ । आगो नियन्त्रणमा लिन डेढ घण्टा लागेको थियो ।

    आगो चप्पल उद्योगको बाहिरी क्षेत्रमा केमिकल राखिएकोे ठाउँमा लागेकोले उद्योगमा ठुलो क्षति हुनबाट जोगिएको छ । अहिले आगो नियन्त्रणमा आईसकेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिनु भयो ।

    आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरि ३ वटा दमकल प्रयोग गरिएको थियो भने आगो बुझाउनमा नेपाल तथा शसस्त्र प्रहरी र स्थानियहरु लागी परेका थिए आगोले उद्योगमा लाखांैका क्षति भएको अनुमान गरिएको छ ।

    आगो नियन्त्रणमा आएपछि आगो लागेको ठाउँहरुको जेसिबी प्रयोग गरि सफाई भैरहेको छ भने क्षतिको विवरण संकलन कार्य भैरहेको प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिनु भयो । आगोले कतिको क्षति भएको भन्ने तथ्याङ्क अझै आईसकेको छैन ।