–विरेन्द्र साह (पर्सा)
रौतहट न्यूज़//
कोरोना संक्रमण बढ्दै गए पछी बारा प्रशासन ले वैशाख २३ गते देखि अनिश्चितकालिन निषेधाज्ञा जारी गर्यो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल द्वारा जारी निषेधाज्ञामा सदरमुकाम कलैया मा नै पालना भएको छैन । सरकार ले जिल्ला प्रशासन कार्यालय का प्रमुखलाई नै हरेक अधिकार दिए पनि कोरोना महामारी नियन्त्रणमा बारा का सिडियो को भुमिका देखिएको छैन ।


प्रमुख जिल्ला अधिकारी द्वारा जारी सूचना मा अत्यावश्यक बाहेक सम्पुर्ण सवारी साधन पुर्ण रुपमा रोक लगाउने निर्णय गरे पनि निर्वाध रुपमा संचालन मा छन् । प्रशासन ले बिहान ११ बजे सम्म पसल सन्चालन गर्न साथै भिडभाड नगर्न भने पनि शर्वसाधारणले अटेरी गरेको पाईएको छ । यो कार्य रोक्न प्रशासन चुकेको देखिन्छ ।
जिल्लाको सदरमुकाम कलैया मात्र नभई सिमरा, निजगढ, कलैया, परवानिपुर, कोल्हवी, सिम्रौनगढ लगायतका क्षेत्रमा प्रहरीको उपस्थिति निकै शुन्य देखिएको छ ।अहिले सडकमा हेर्ने हो भने शर्वसाधारणहरु बिना काम आवात जावत गरिरहेका हुन्छन् ।साझ परे पछी चौक, चौक मा घुलमिल हुने गरेको देखिएको छ ।

निषेधाज्ञा को पालना भएको छ , छैन प्रशासन लाई थानै छैन जस्तो गर्छ । के जिल्ला प्रशासन कार्यालय बारा को काम सुचना जारी गर्ने मात्र हो ? दोस्रो चरणको कोरोनाको संक्रमण बाट बारामा ३१ जनाको मृत्यु भईसकेको छ भने ७ सय ६० जना सक्रिय सन्क्रमित रहेका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।