
-ललन कुमार यादव ( माधव नारायण सम्वादाता)
रौतहट न्यूज़//
रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा गए राति चार घरमा चोरी भएको छ । वडा नं ६ माधोपुर बस्ने सुरेन्द्र राय, रामबालक यादव,नारायण यादव र मोजा दासको घरमा चोरी भएको हो ।

मूलढोका हटाएर सुरेन्द्र रायको घरबाट नगद रु १ लाख ,गरगहना कपड़ालाता र मोबाइल सहित अनुमानित ३ लाख बराबरको समान चोरी भएको पीडित रायले बताए । यसैगरी माधोपुर निवासी रामबालक यादको घर बाट ३ लाख बराबर काे गरगहना चोरी भएको यादवले बताए छन्। नारायण यादव , मोजा दास को घर बाट लाखो को गरगाहना चोरी गरी लगेको स्थानीयवासीले जनाएका छन् ।

विश्व अक्रान्त कोभिड १९ कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर घर चलाउनका निम्ति राखेको रकम चोरी भएको सुरेन्द्र रायले बताए। चारै घरबाट करिब ८ लाख बराबर काे गरगहना लगेका पिडितहरुले बताएका छन। केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ । एकै रातमा चार घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।