• रमेश कुमार यादब , रौतहट १७ बैशाख

    रौतहट न्यूज़// जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी इकाईहरुबाट मुख्या सडकखण्डहरुमा मास्क प्रयोग चेकिङलाई कडाइका साथ कारवाही गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आम नागरिकहरु घर वाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएसँगै जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका प्रहरी टोलीले मुख्या सडकको चोक चोकमा मास्क प्रयोग गरे नगरेको र यदि मास्क प्रयोग नगरेमा कारवाही गर्दै आइरहेको छ ।

    शुक्रबार विहान ०६ः०० बजे देखी बेलुका ५ः०० बजे सम्म जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी इकाईहरुबाट चेकिङ्गको क्रममा मास्क नलगाएका पुरुष १५८ जना र महिला १८ जना समेत गरी जम्मा १७६ जनालाई कारवाही गरी रु।१७,६००।९ सत्र हजार छ सय राजश्व संकलन गरेको, पुरुष ४९५ जना र महिला १७६ जना समेत गरी जम्मा ६७१ जनालाई एक १ घण्टा रोकी सम्झाई बुझाई गरी छाडीएको र ३३१ जनालाई मास्क वितरण गरिएको रौतहट जिल्ला प्रहरी कार्यलय रौतहटको प्रहरी उपरिक्षक सिद्धिबिक्रम साह जानकारी गराएको हो । समाजिक दुरी कायम गरौं मास्क लगाऔं कोभिड९१९ बाट आफू बचौं अरुलाई बचाऔं साबुन पानीबाट हाथ धुनको लागी एसपि साह अपिल गरेका छन ।