• =बिरेन्द्र साह

    रौतहट न्यूज// नेपाल धर्म र देवी देवताको पुजाआजा प्रतिको आस्थाले बिश्वमा नै प्रसिद्ध तथा नाम कमाएको देश मध्यको पहिलो स्थानमा रहेको छ। नेपालमा दर्जनौं धर्म सम्प्रदायका मानिस बसोबास गर्दछन , जस मध्येको हिन्दु धर्म मान्ने तीन तिहाइ छन्। हिन्दु धर्ममा आ-आफ्नो देवी देवताको पुजाआजा गर्न तवर तरिका फरक फरक रहेको छ। खासगरी मध्य तराईका जिल्लाहरुमा हेर्दा 2070 को दशकमा पुजाआजा प्रतिको आस्था बढे सङ्गै अष्ठजाम, हनुमान आराधना, कृष्ण पुजा, शिव चर्चा, लगायत दर्जनौ पुजामा हुने कार्यक्रममा पनि बढेको छ। यस प्रकारको कार्य सम्पन्नको लागि किर्तन मण्डलि , आराधना मण्डलि, पाठ वाचकहरूले केहि पैसा केहि वस्तुको लिने सर्तमा पूजा सम्पन्न गराउदैं आएका छन्। तर आजभोलि हनुमान आराधनामा मण्डलीहरूले दर्शकबाट पैसा कमाउने उदेश्यले झाँकी प्रदर्शन गर्ने बाहानामा केहि मर्यादा र दायरा भन्दा बाहिर गएर झाँकी प्रदर्शन गरेको देखिएको हो।

    धर्मका जानकार आचार्य पारस पण्डित ज्युको अनुसार झाँकी प्रदर्शन गर्ने शास्त्रमा उल्लेख भए पनि आजकालका मण्डलिहरूले दोहोरो अर्थ लाग्ने गरी झाँकी प्रदर्शन गरेको आरोप लगाएका छन्। हनुमान आराधनामा हनुमान जि को गुणगान गाउने र हनुमान जिले गरेको कार्यलाई झाँकी प्रदर्शनको माध्यमबाट देखाउँदा राम्रो सँग प्रष्ट बुझाउने भएकोले झाँकी प्रदर्शन गर्न शास्त्रमा उल्लेख छ तर हनुमान आराधनामा हनुमानको सट्टा राधाकृष्ण र शिव पार्वती तथा सीताराम भगवान को झलक आउने गरी झलक देख्नको लागि बालबालिकाको प्रयोग गरेको आचार्यले बताउनु भयो।

    बालबालिकाको प्रयोग गरी विभिन्न प्रकारका पोसाक र make up गरी नचाई कमाइ खाने भाँडो बनाएको जस कारण बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव पर्न गई पढाई प्रतिको रूचि मरेको सामाजिक विसलेषकले बताएका छन्।

    केहि पैसा लिएर दर्शकको माग अनुसार आफुहरुले गाएको र झाँकी प्रदर्शन गर्नको लागि केटा र कतै कतै माग गरे अनुसार केटीहरुलाई पनि नचाएको नाम नखोल्ने सर्तमा एक मण्डलीको गायकले बताए।
    यस प्रकारको कार्यले गर्दा हिन्दू धर्मावलम्बी प्रति प्रश्न उठेको छ र यस्ता कार्य गर्न सबैको ध्यान दिन आवश्यक छ। यस्ता ढोङ्गी कार्यबाट बचौ र हिन्दु धर्म र संस्कृति रक्षा गरै र उच्च सम्मान गरौं र कुप्रथा समाजबाट हटाऔं। भन्दै स्थानीयहरूको जिज्ञासा रहेको प्रस्तुत समाचार रहेको छ।