• रौतहट न्यूज// नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले आह्वान गरेको आम हड्तालको क्रममा जनकपुरमा झडप भएको छ। झडपको क्रममा स्थायी कमिटी सदस्य मातृका यादव, केन्द्रीय सदस्य रामचन्द्र झासहित दुई दर्जन नेता कार्यकर्ता घाइते भएका छन्। 

    प्रहरीले बन्द खुलाउन खोज्दा आन्दोलनकारीको नेतृत्व गरिरहेका नेकपा प्रचण्ड नेपाल समूहका नेता यादव र झा सहितको नेता कार्यकर्ता प्रतिकारमा उत्रिएका थिए । झडपमा अश्रु ग्याँस र गोली समेत चलेको बताइएको छ ।झडपका क्रममा सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, प्रदीप साह, कारी यादव घाइते भएका छन् । यसैगरी, प्रहरी जवान लालबाबु राई पनि घाइते भएका छन् ।

    नेता यादवसहित घाइतेहरुको अस्पतालमा उपचार भइरहेको उनले बताए। ‘५\६ जनाको टाउको फुटेको छ। उनीहरुको अवस्था गम्भीर छ’, उनले भने।  झडपका क्रममा केही सवारी साधन तोडफोड भएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।