• -सिकिन्द्र साह

    रौतहट न्यूज// प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज बाराको कलैयामा विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि विभिन्न दलका नेता तथा कार्यकर्ताले बारा जिल्लाको विभिन्न ठाउँ ठाउँमा वर्तमान् प्रधानमंत्री ओलीको विरोध गरेको हो।

    जसपा नेपालले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलन शुरु गरेको छ । त्यसै अन्तर्गत आज बाराको कलैयामा १६ स्थानीय तहबाट ३० हजारको हरहारीमा उपास्तित अन्दोलनकारी हरूले अलोकतान्त्रिक कदम उठाएका भन्दै ओलीको विरोध गरेको छ।

    जसपा जिल्ला अध्यक्ष अजय पटेलकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माननीय सांसद रामसहाय प्रसाद यादव, भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनल, जसपा केन्द्रिय सदस्य रामबाबु प्रसाद यादव, रामकिसाेर यादव, पचरौता नगरपालिकाकाे नगर प्रमुख रमेशकुमार यादव,आदर्श कोतवालका नगर प्रमुख मुस्तुफा अंसारी, केन्द्रिय सदस्य अरबिन्द यादव र कमरूल्लाह अन्सारी साहितका विभिन्न नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।

    सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएका कार्य असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको बताउँदै जसपा नेपालका अध्यक्ष अजय पटेलले जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह, आदिवासी जनजाति, थारु लगायतका आन्दोलनबाट प्राप्त उपलब्धी धरापमा पारिएकाले त्यसलाई जोगाउन आन्दोलन आवश्यक परेको बताए ।