रौतहट न्यूज़//
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व आज (शुक्रबार) बेलुकी मनाईएको छ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह नगर उपप्रमुख गौरीशंकार साह र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भिन्न नेता र कार्यकर्ताहरू मौलापुर नगर भरी छठ घाटमा पुगी शुभकामना आदान प्रदान सहित नगर प्रमुख साहले पुजा आराधना गर्नु भएकी छीन।

नगर प्रमुख साहले सोनरनियाँ, सगैया, पथराबुधराम, गम्हरिया, मौलापुर, मर्यादपुर र चिरचिरिया लगाएत नगरको वाड १ देखी ९ सम्मको छ्ठ घाटमा पुगी नेपालीहरुको महान पर्व सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने यस छठ पर्व २०७७ सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्दै साहले आजको कार्यक्रम सम्पन गर्नु भएको छ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठ पर्व पछिल्लो समय तराई मधेसमा मात्रै नभई पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दुहरूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेसका केही मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठीमाताको पूजा आराधना गरेको भेटिन्छ।
यस्तै छठ पर्व पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । तराई मधेसमै बस्ने पहाडी मूलका अधिकांशले पनि छठ पर्व मनाउन थालेकाले यो पर्वले मधेसी र पहाडीलाई जोड्ने काम गरेको जानकारहरु बताउँछन् ।
व्रतविधि (बसन्त यादवको अनुसार)
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको वाड ८ का वाडाध्यक्ष बसन्त यादवले बताए ।
“षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उनले भने । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।