
–अब्बदुल समद
रौतहट न्यूज़
// संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले आज माननीय संयोजक जीवन राम श्रेष्ठ, माननीय सदस्य एकबाल मिया, माननीय नमिता कुमारी चौधरी र अनुगमन टोलिको शाखा अधिकृत ई. अमितकुमार यादव लगायतका टोलिले रौतहट जिल्लाको कटहरिया नगरपालिकाको अनुगमन तथा छलफल गरेको छ ।

उक्त छलफलमा नगरपालिकाकि उपप्रमुख नुरजहान खातुन , प्रमुख प्रशासकीय अधिकृत जय प्रकाश साह, घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत अरबिन्द यादव लगायत नपाका वडा अध्यक्षज्यूहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साथै छलफल पश्चात् जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवज्यू र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, सशस्त्र प्रमुख, अनुसन्धान प्रमुखज्यू सङ्ग समेत कोभिड तथा अन्य विषयमा छलफल । उक्त छलफलमा जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल यादव, नेपाल शिक्षक संघ प्रदेश न. २ का वरिष्ठ उपाध्यक्ष श्री राम मंगल यादवको समेत को उपस्थिति रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।