• संवाददाता:- राजकुमार यादव

    असोज १५// नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहको विशेष पहलमा नेपाली कांग्रेस, बैध समूह , राजपा र नयाँ शक्ति बाट दर्जनौं नेता र कार्यकर्ता पार्टी परित्याग गरी कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

    पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी हरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले टिका लगाई स्वागत गरेका थिए उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष बामदेव गौतम महासचिव विष्णु पौडेल लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो। प्रभावशाली यूवा नेता चन्द्रभुषण साह ले जनकारी गराएका छन्।

    बैध समूह अन्तरिक व्यवस्थापिका रामअक्षे राम,नयाँ शाक्ति सदस्य चन्देश्वर बैठा, राजपा सदस्य राजेश सहनी, राजपा वार्ड प्रत्यासी मनीष यादव, ने.वि.स. गा.पा. संयोजक कौशल किशोर साह राजन, ने.वि.स.जिल्ला उपाध्यक्ष प्रमोद राज पटेल,राजकुमार सहनी, धिरेन्द्र चौहान,नेपाली कांग्रेस गा.पा. सदस्य बलिराम यादव लगायतका विभिन्न नेता र कार्यकर्ताहरूले नेकपामा पार्टी प्रवेश गरेका छन् । नेकपा नवप्रवेशी नेताहरुले अब देशमा सम्पूर्ण उत्पीड़ित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न सबै प्रगतिशील कम्युनिष्ट शक्तिहरु गोलबंद हुनुपर्ने ठहर गरेका छन् ।