• रणधिर साह भदौ ९ गते । रौतहटको बागमति नदिमा पौडी खेल्ने क्रममा डुबेर हराइरहेका २ बालिका मध्ये १ जनाको शव मंगलवार फेला परेको छ ।

    ऋषिपञ्चमीको अवसरमा आइतवार बिहान १० बजे रौतहटको गढिमाई नगरपालिका–७ धर्मपुरघाट स्थित बागमती नदीमा नुहाउन जाँदा डुबेर बेपत्ता भएकी धर्मपुरकै लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दासको शव फेला परेको प्रहरीले जनाएको छ ।

    प्रहरीको व्यापक खोजतलासपछि डुबेको स्थानबाट करिव २ किलोमिटर दक्षिण माधवनारायण नगरपालिका ८ खरकी रजवाडाघाट स्थित सुसिता कुमारी दास मृत अवस्थामा फेला परेको प्रहरी चौकी रजवाडाका असई रामविनोद महतोले बताउनुभएको छ । मंगलवार विहान ८ बजेको समयमा फेला परेकी बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको असई महतोले बताउनुभयो ।

    ऋषिपञ्चमीको अवसरमा गत आइतवार बागमति नदीमा नुहाउन जाँदा एउटै गाउँका तिन जना बालिका डुबेर बेपता भएकी थिईन ।
    नदीमा पौडी खेल्ने क्रममा डुबेर धर्मपुर टोलका भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखिया र सोही ठाउँका लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास बेपता भएकी थिईन । नदीमा बेपता भएको तिन बालिका मध्ये आजसम्म २ बालिकाको शव फेला परिसकेको छ भने एक जना अझै हराइरहेको छ ।

    पिंकु कुमारी मुखियाको शव आइतवार नै फेला परेको थियो । पिंकु र सुसितासँगै बेपत्ता भएकी स्थानीय छट्टु मुखियाकी छोरी चन्चलकुमारी मुखियाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभएको छ ।
    घटना भएदेखी नै ईलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेश क्याम्प समनपुरको टोलीले बालिकाहरुको व्यापक खोजतलास गरिरहेको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो ।