५ श्रावण २०७७, सोमबार ०५:४५
0
5
Shares

रौतहट न्यूज// पर्साको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा बाराका ४६ जना र पर्साका ४ जना रहेका छन् ।
बाराको देवताल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका देवतालका ३४ जना, धनकौलका ६ जना तथा सुवर्ण र कलैयाका ३-३ जना गरी ४६ जना रहेका छन् ।

त्यसैगरी पर्साका ४ जना संक्रमित भने होटलको क्वारेन्टिनमा बस्दै आएका थिए ।
उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।
Maulapur, Rautahat
05:2718:41 +0545