रौतहटको मौलापुर नगरपालिका ९ का वडाध्यक्ष श्यामकिशोर साह माथि यौन शोषणको आरोप लगाउने विवाहित महिला विनिता देवी महतोले सोमबार आत्मदाह गर्ने प्रयास गरेको छ ।
विवाहित महिलाले वडाध्यक्ष साह विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मौलापुर नगरपालिकाका महिला मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो । उक्त पाँच सदस्य छानबिन समितिको १५ दिन म्याद सकिएको पनि सो समितिबाट कुनै निर्णय नभएको भन्दै माहिला महतोले सोनरनियाँ स्थित ब्रहम स्थानको सार्वजनिक चौतारामा आफूमाथि पेट्रोल राखी सयौको संख्यामा रहेका स्थानीयको बिचमा आत्मदाह गर्ने प्रयास गरेका थिए । आत्मदाह गर्ने प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैठौँ तहका सदस्य रहेका छन्।
वडाध्यक्ष साहले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौन शोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुर नगरपालिकाले छानबिन समिति गठन गरिएको थियो।
गरुडा नगरपालिका नगर कार्यपालिकाको कार्यालय गरुडाको नविकरण गर्ने सम्बन्धमा सुचना महागढीमाई नगरपालिकाको तलब सम्बन्धमा सुचना
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,