• रौतहट न्यूज// पछिल्लो २४ घण्टामा तीन हजार सात सय ४१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  आइतबार १५६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ६ सय ५८ पुगेको छ।प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ। कोरोना जित्नेको यो संख्या कुल संक्रमितमध्ये ६६ दशमलव २४  प्रतिशत पुगेको हो।

     मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २२ हजार ६ सय ६२ रहेको छ। पाँच हजार आठ सय २५ जनाको  आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाले ज्यान गुमाउने संख्या भने ४० पुगेको छ।  पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला र जुम्मा हुन् ।विश्वको तथ्यांक हेर्दा एक करोड ४६ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ ।