• रौतहट न्यूज//मौलापुर नगरपालिकाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि मौलापुर नगरपालिकाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा बस्नेहरूले घर फर्किएका छन्।

    क्वारेन्टाइनमा बस्ने कोरोनाहरुको स्वाब परीक्षण गरेर निगेटिभ आएका आज सम्म १०६ व्यक्तिहरुलाई घर पठाईएको हो। मौलापुर न.पा.को स्वास्थ्य संयोजक साहको अनुसार क्वारेन्टाइनमा बसेको १४ दिन कटेको र परीक्षण निगेटिभ भएकालाई घर पठाइएको हो।

    स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको १११ जनामध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा ४ जानलाई निको भए पछि डिस्चार्ज गरी घर पठाएका छन्। नायाँ संक्रमितको रिपोर्ट पोजेटिभ भएका ३ जनालाई धरहरीको आइसोलेसनमा पठाइएका छन्। हाल मौलापुर नगरपालिकाको क्वारेन्टाइनमा १८ जना रहेको मौलापुर न.पा. स्वास्थ्य संयोजक सुरेन्द्र साहले जनकारी दिनु भएको छ।