• राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुन:राजेश पासवान निर्वाचित भएका छन् ।

    शुक्रबार रौतहटको गरुडा स्थित होटेल ए एन प्लाजाको सभाहलमा  सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वचित गरेको हो । पासवान उक्त  संघको संस्थापक जिल्ला अध्यक्ष हुन् । संघको जिल्ला कार्य समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यस‌गरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।

    त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा,सोहन कुमार रजक,गजेन्द्र कुमार,रजक,विगनेस पासवान,धर्मदेव पासवान,रिमा कुमारी रजक,अशोक दास,रुपेश बैठा,राम विवेक दास,सुरज महरा, जितेन्द्र दास,राम कृष्ण विक,पारस रजक,सरोज कुमार पासवान,र सुबा साहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान,रामविनय पासवान,राजकुमार दास तत्मा र पुनित महरा रहेका हुन्।
    कार्यक्रममा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित समुदायका सञ्चारकर्मी तथा पत्रकारहरुको संख्यामा वृद्धि गर्नु तथा एकिकृत हुनुको विकल्प नरहेको बताउदै सो संघमा लागेका संचारकर्मीहरु लाई पनि नेपाल पत्रकार महासंघमा पनि समावेश गर्न जोडदार माग गर्नुभयो ।

    त्यसैगरी सो कार्यक्रमका बिष्ट अथितिका रुपमा बोल्दै दलित विकास समितिका सदस्य राजकुमार दास तत्माले दलित माथि भइरहेको अन्याय अत्याचार र विभेदहरु प्रति निर्धक्क भइ बोल्न र सामना गर्न राष्ट्रिय दलित पत्रकार संघका पदाधिकारीहरुला आग्रह गरे।

    विगत केही समय देखि पत्रकारिता क्षेत्रमा विभिन्न विकृति र विसंगति देखिरहेको भन्दै संघका पदाधिकारीहरुलाई कुनै पनि दवाब,र प्रभावमा न पर्न आग्रह समेत गरे। दासले आफू मधेस प्रदेश सरकारको एउटा अंग रहेकोले संघको लागि बजेट छुट्याउन आफुले पहल गर्ने र संघलाई हर क्षण साथ दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। 

    कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान(निर्माणी)ले गर्नुभएको थियो भने प्रमुख अथितिको रुपमा संघका केन्द्रीय सचिव सिकेन्द्र पासवान,विशिष्ट अथितिमा दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्मा र ईसि डिसिका अध्यक्ष धर्मेन्द्र पासवान,अथितिहरुमा मानव अधिकार कर्मी तथा दलित अधिकार कर्मी रामविनय पासवान, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सामावादी प्रेस संगठनका केन्द्रीय सदस्य रमेश सुवेदी,नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजिव मिश्र,नेपाल पत्रकार महासंघ बाराका नि.वर्तमान उपाध्यक्ष राकेश पाण्डे,नेपाल पत्रकार महासंघ सप्तरी का सदस्य तथा दलित सरोकार मन्च नेपालका कार्यक्रम संयोजक राजकुमार पासवान र दलित सरोकार मन्च नेपालकै कार्यक्रम अधिकृत अनुराधा दहालको समेत उपस्थिती रहेको थियो भने सो कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालमा आवद्ध सम्पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
    उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अथितिहरुले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना समेत व्यक्त गर्नु भयो।