• -राजकुमार यादव

    मौलापुर नगरपालिका द्वारा नव निर्मित श्री राम जानकी आधारभुत विधालयको भवन उद्‌घाटन कार्यक्रम सोमवार एक क भब्य समारोह बिच सम्पन्न भएको छ ।

    नवनिर्मित भवनको आम जनता पार्टी ( आजपा ) अध्यक्ष पूर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले संयुक्त रुपमा उद्घाटन गरेको छ। नगर प्रमुख रिना कुमारी साहको ६ वर्षको कार्यकालमा आज सम्म नवनिर्मित २० औं भवनको रूपमा ४ कोठे २ तले भवन उद्घाटन समारोह सम्पन्न भएको हो । नगर प्रमुख साहकी कार्यकालमा हाल सम्म यस पालिका भित्र १ सय ५ वटा नव निर्मित सर्व सुविधायुक्त कक्षा कोठा संञ्चालनमा आएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

    उक्त कार्यक्रममा आजपा अध्यक्ष साहले सरकारको अपरिपक्व शिक्षा विधेयकले देशमा द्वन्द निमत्याएको जिकिर गरेका छन् ।सरकारले संसदमा ल्याएको विधेयकले शिक्षकहरुको पेशागत हकहितको सुनिश्चित गरेको छैन् । यो विधेयकले राहत शिक्षक, बालबिकास शिक्षक, नीजि शिक्षक, मदरसा शिक्षक, गुम्बा शिक्षकहरुलाई चिन्न सकेको छैन् । समाज र राष्ट्र उन्नयनमा महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुप्रति राज्य यति धेरै उदाशीन, गैरजिम्मेवार एवं लापरवाह बन्न मिल्दैन´ आजपा अध्यक्ष साहले भने ।

    अपुग पारिश्रमिक, भविष्यको अनिश्चितता र न्युनतम साधन-स्रोतको भरमा नीजी शिक्षकहरुले उत्पादन गरेको जनशक्ति उन्नत हुने तर अर्बौं लगानी रहेको सार्वजनिक शिक्षा तुलनात्मक रुपमा यति धेरै कमजोर हुने विषयप्रति राज्य र सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण हुन जरूरी छ । शिक्षा सेवा आयोग पास गरेर आएका, तुलनात्मक रुपमा राम्रो तलब सुविधा र सुरक्षित जागिर भएका बहुसंख्यक सरकारी शिक्षकहरु किन स्वयं आफुँमाथि भरोसा गरेर आफ्ना सन्तानहरुलाई सरकारी विद्यालयमा पढाउदैन यसको जिम्मेवार जवाब सरकारी शिक्षकले दिनुपर्छ कि पर्दैन ?, संविधान विरोधी शिक्षा विधेयक खारेज हुनुपर्छ कि पर्दैन?, लापरवाह र गैरजिम्मेवार शिक्षकहरु कानुनको अधिनमा बस्नु पर्छ कि पर्दैन ? भनेर उनले प्रश्न गरे।

    त्यस्तै आजपा पार्टीका प्रवक्ता चन्द्र भुषण साहले मौलापुर नगरपालिकालाई ७७ ओटैं जिल्लाका पालिका मध्ये एक नमुना पालिका रहेको जिकिर गरेका हुन् । पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले शिक्षा प्रति सरकार वफदार न रहेको बताउदै विखण्डकारी संविधानको कारण शिक्षा क्षेत्र धरापिलो रहेको बताउनु भयो ।
    उद्घाटन समारोहमा मौलापुर नगरपालिकाका नगर प्रमुख रीना कुमारी साह , उपनगर प्रमुख नागेन्द्र यादव , प्रवक्ता चन्देश्वर बैठा , आम जनता पार्टीका स्थायी कमिटी सदस्य मनोज यादव ( राजन ) , सुधीर यादव, त्रिभुवन साह लगाएतले मन्तब्य राखेका थिए । सो कार्यक्रममा जनप्रतिनिधि एवं राजनीतिक नेतृत्व सहित सयौंको संख्यामा अभिभावक, विद्यर्थी, शिक्षक र कर्मचारीहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।