
राजकुमार यादव
रौतहटको बौधीमाई नगरपालिकामा दुई दिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । पालिकाको विभिन्न स्थानमा आईतबार दुई जाना र सोमबार एक जाना गरी तीन जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बौधिमाई नगरपालिका बौधा टोल बस्ने चन्दर साह कानुको छोरो अन्दाजी वर्ष १५ को बिनोद साह कानु आफ्नै घर पछाडी रहेको आम्बाको रुखमा आईतबार करिब ५ बजेको समयमा पासो लगाई झुण्डिएर आत्म हत्या गरेको छ । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडाध्यक्ष , नगर प्रमुख र कोपवाको प्रहरी टोली घटना स्थल पुगेको थियो । साहको शव पोष्टमार्टमका लागी प्रदेशीक अस्पताल गौर पठाईएको छ । उक्त घटना बारे थप अनुसन्धा भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै सोही नगरपालिकाकै इनर्वा टोलमा आईतबार श्रीमान श्रीमती एकै साथ झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा वर्ष २२ का श्रीमान रामदिनेश पटेल र वर्ष २१ की श्रीमती गिता देवीले आफ्नै सुतने कोठा भित्र राती करिब ८ बजेको समयमा पांखा झुण्डियाउने रडमा झुण्डिएर आत्महत्या गरेकी हुन् । श्रीमान र श्रीमतीको शव पोष्टमार्टम पछि घरमुली ससुरा भिखारी कुर्मीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनकारी दिनु भयो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।