• रौतहट न्यूज़// प्राविधिक शिक्षा अध्ययन सम्बन्धी एक दिने गोष्ठी कार्यक्रम रौतहटको मध्य भाग गरुडा बजार स्थित अशिर्वाद गेष्ट हाउसमा सम्पन भएको छ ।

    प्राविधिक शिक्षा माथिको भर , गुणस्तरीय जीवन जिउने आधार मुल नाराको साथ कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा बोल्दै नेपाल पोलिटेक्निक इन्स्टिच्युटका सहप्रचार्या दिपक ढकालले आजका युगमा रोजगारीका लागि प्राविधिक शिक्षाको अवश्यक्ता रहेकोमा जोडदिएका छन् । शिक्षा विना देशको विकास असम्भव रहेकोले शिक्षाको चौतर्फी विकास गर्नु पर्ने अवश्यक्ता रहेको उनले बाताएका छन् । शिक्षाको विकास भए देशको पनि विकास हुने भएकोले स्थानीय सरकार देखी लिएर प्रदेश र संघिय सरकारले समेत शिक्षा क्षेत्रमा व्यापक लागानी गर्नु पर्ने अवश्यक्ता रहेको उनले बताए । शिक्षित व्यक्ति तुरुन्त रोजगार पाउने र शिक्षा हासिल गर्न नसकेका व्यक्ति जोखिमयुक्त काम गर्न बाध्य भईरहेकोले आ- अफ्ना छोराछोरीलाई प्राविधिक शिक्षा हासिल गराउन उनले अभिभावक हरुलाई आग्रह गरे ।

    एसईई पास गरेका विधार्थीहरुका लागी प्राविधिक शिक्षा हासिल गर्न सब भन्दा उपयुक्त कलेजको रुपमा चितवनको नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेको उनले बताए । यस इन्स्टिच्युटमा अध्ययन गरेका विधार्थीहरु देशको ठुला पदमा पुगेको उद्धारण दिदै उनले राम्रो र गुणस्तरीय शिक्षाका लागि सबभन्दा उत्कृष्ट कलेज नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा अध्ययन गर्न विधार्थीहरुलाई सुझाए । यो कलेज ले शिक्षा मन्त्रालय लगाएत संगको सहयोग र सहकार्यमा गुणस्तरीय शिक्षा अभिवृद्धिका लागी विभिन्न १७ वटा कार्यक्रम सञ्चालन गरिरहेको समेत उनले जनकारी दिए |