• -राजकुमार यादव

    रौतहट न्यूज़// जिल्ला अदालत रौतहटले हत्यारालाई धारोहीमा रिहा गरेको भन्दै स्थानीयहरुले ईलाका प्रहरी कार्यालय मौलापुर गेट अगाडी टायर बाली न्याय मांग गर्दै विरोद्ध प्रदर्शन गरेका छन् ।

    रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनिया बस्ने अन्दाजी ४० वार्षिय सुनैना देवीलाई स्थानीय भोला यादवले खेतमा जाने बाटोमा दिशा पेशाब गरेको भन्दै झडपमा बाँसको लाठोले प्रहार गरेर घाइते बनेकी ४० बर्षिय सुनैना देवीको उपचारको क्रममा वीरगन्जस्थित एल.एस न्यूरो अस्पताल गण्डमा माघ २५ गते बुधबार साझ ५.५० बजे मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका उमत राय यादव , मधानी देवी र कालावती देवीलाई प्रहरीले पक्राउ गरे पछि फरार रहेका मुख्य अरोपी भोला यादवलाई प्रहरीले भारतको अठमोहानबाट पक्राउ गरेको थियो ।

    मुख्य अरोपी भोला यादव सहित तीन जानालाई आदालतले धरौटीमा छोडेर अरोपी भोला यादवको अन्दाजी ७० वार्षिय बुवा उमत राय यादवलाई प्रहरी हिरासतमा राखेको भन्दै मुख्य अरोपी भोला यादवलाई हदैसम्मको कारबाहीको मांग गर्दै पिडित परिवार साहित स्थानीयहरुले ईलाका प्रहरी कार्यालय मौलापुर गेट अगाडी टायर बाली विरोध प्रदर्शन गरेको थियो ।

    उक्त घटनामा संलग्न रहेको मुख्य अरोपीलाई कानुन बमोजिम कारबाही नगरी हत्याका मुख्य अरोपी उम्काउने जोकोही निकायलाई आईतबार घेराउ गर्ने मृतक सुनैना देवीकी श्रीमान पिडित पनिलाल यादवले बाताए ।