• प्रेमचन्द्र झा
    राैतहट। प्रसिद्व कथावाचक  महिला हेमलता शास्त्रीले  दण्ड जहिले पनि कमजोरलाई हुने गरेको बताएकि छन ।

    राैतहटको गाैर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्नु हुँदै  सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई कमजोर नठान्न अनुराेध गर्नु भयाे । तैपनि पुरुष प्रधान यस समाजमा शेरको बलि हुदैन खसिको मात्र बलिदिने गरिन्छ  । जहिले पनि महिलालाई कमजोर ठान्ने गर्दछन । महिलालाई कमजोर नठान्न अनुराेध गर्नु भयाे ।

    उहाँले  महिला जहाँ बसे प्रेम वातस्ल्य ,करुणा  जागृत हुने गरेको बताउनु भयो । जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ । नारि काली, कलि, फुलबारी ,बेटी ,सिता सबैलाई नारीको संज्ञा दिनु हुदै। नारिलाई अपमान गर्ने पुरुष हुनै सकदैन ।वहाँले नारीलाई सम्मान गर्न सबैसंग अनुराेध गर्नु भयाे । संसारमा  बनावट मिलावट दिखावट सिखावटमा बढि विश्वास गर्ने भएकोले  भगवानमा आस्थ भए  ती कुराको जरुरी नहुने बहांले बताउनु भयो । सबैलाई  शास्त्र र संस्कार सम्झिनु जरुरी रहेको बोल्दैशिक्षाको  जिवनमा  ठुलो महत्व रहेको छ । शिक्षाले मनुष्यलाई मनुष्य बनाउछ । शिक्षा र संस्कार ऐन बताउदै शिक्षा मजबुत हुने समाजको चमक बेग्लै  हुने गरेको बताए । अविनाशि जसकाे नाश न हाेस । परमात्माकाे नास हुदैन ।

    आमालाई अफना बच्चालाई बाेतलकाे दूध नखुवाउने अनुराेध गर्दै बोतलको आदतले नै कोकाकोला हुँदै मदिरापानको आदत हुने गरेको चेतावनी दिनु भयो । अहिलेको आमा दूध खुवाउन चाहदैन , शरिर खराब हुन्छ भनेर तर शराब सम्मको आदत लाग्न नदिन आफ्ना सन्तानलाई कम्तिमा ६ महिना आफ्ना दूध खुवाउन आग्रह गर्नु भयो । कथाको भोली शुक्रबार दिउँसो ०२:०० बजे शुरुभई सांझ ०५:०० बजे सम्पन्न हुने आयोजकले जनाएकोछ ।