• - राजकुमार यादव

    रौतहट न्यूज़ // मौलापुर नगरपालिका वडा नं ९ को नवनिर्मित कार्यालय भवनको विहीवार उदघाटन भएको छ ।

    रौतहट क्षेत्र नं ३ सांसद तथा पूर्व मन्त्री प्रभु साहले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । यसअघि वडा ९ का कार्यालय सोनरनियाँ स्वास्थ्य चौकीबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आएका थिए ।

    वडा कार्यालय भवन निर्माण “ग” शहरी विकास तथा भवन निर्माण विभागको वर्गिकरण अनुसार ६१ लाखको कुल लगतमा उक्त भवन निमार्ण भएको हो । सो भवन २५१३.०० वर्गफिटमा फैलिएको हो । उक्त वडा कार्यालयमा वडाध्यक्षको बस्ने कक्ष एक , कम्प्युटर कोठा एक , पञ्जिकरण कोठा एक , २०० जना अटाउने सभाहल एक र शौचालय तीन वटा रहेको छ।

    नवनिर्मित भवनको रकम चार चरणमा निकासा भएको छ । २०७६।०७७ मा २० लाख ,२०७७ /०७८ : १८ लाख , २०७८/७९ मा १५ लाख ,२०७९०८०  ८ लाख गरी लागत अनुमान रकम ६१ लाख रहेको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं ईञ्जिनियर रामबाबु प्रसाद साहले प्रस्तुत गरेका हुन् ।

    वडा नं. ९ का वडाध्यक्ष श्यम कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री साह , विशिष्ट अतिथि पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा , मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साह , प्रदेश सांसद केशव राय चौधरी , निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साह , लेखा प्रमुख जय प्रकाश महतो , स्वतन्त्र अभियानका रौतहट संयोजक त्रिभुवन साह ( अमर ) लगायत विभिन्न तहका नेता तथा विभिन्न पार्टीका कार्यकर्ताको उपस्तिति रहेको थियो ।