• -राजकुमार यादव

    रौतहट न्यूज़ // मौलापुर नगरपालिका भित्र कृषी सहकारी संस्थाको लपरवाही सिमा नाघेको छ ।

    कृषि सामाग्री कम्पनीले  कृषि सहकारी संस्थालाई युरिया मल प्रति बोरा ८ सय पाँच रुपैया र डीएपी २ हजार २ सय ५५ रुपैयाँमा बिक्री गर्ने गरेको छ। मौलापुर नगरपालिकाका कृषी शाखा प्रमुख जितेन्द्र साह भने ढुवानी भाडा थपेर किसानलाई युरिया मल बोराको अधिकतम एक हजार र डीएपी अधिकतम २ हजार ४ सय रुपैयामा बिक्री गर्नु पर्ने प्रावधान छ। तर अधिक मुनाफाको चकरमा कृषि सहकारी संस्थाले प्रति बोरामा अधिक मुनाफा लिएर किसानलाई  बेच्दै आएका छन्। रासायनिक मलमा अधिक मुल्य  लिन थालेको सहकारी प्रति नगर उपप्रमुख नागेन्द्र राय यादव र कृषी शाखा प्रमुख साहले मुखदर्शक बनेको छ ।

    रासायनिक मल नियन्त्रण आदेश २०५५ को उपदफा (१) बमोजिमको उद्देश्य पुरा गर्न इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम कृषिको निमित्त आवश्यक पर्ने रासायनिक मलको वार्षिक परिमाणको अनुमान गर्ने , रासायनिक मलको स्पेसिफिकेशन निर्धारण गर्ने र सो को सार्वजनिक सूचना प्रकाशन गर्ने , रासायनिक मलको आपूर्ति स्थितिको निरन्तर अनुगमन गर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रचलित रासायनिक मलको बिक्री मुल्यको अनुगमन गरी सो को सूचना प्रकाशन गर्ने नियम रहेका छन् । (३) उपदफा (१) बमोजिमको उद्देश्य पुरा गर्न मन्त्रालयले तोकेको अन्य निकाय वा पदाधिकारीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम , स्थानिय स्तरमा रासायनिक मलको आपूर्तिको अनुगमन गर्ने र रासायनिक मलको डिलरको गोदाम आकस्मिक जाँच गरी मौज्दात निरिक्षण तथा गुणस्तरको परिक्षण गर्ने गराउने नियम भएता पनि मौलापुर नगरपालिकामा कर्मचारी सहित कृषी सहकारी संस्थाहरुले कानुनको धजिया उडाउने प्रयास गरेको छ । कृषकलाई आखाँमा पटी बान्धेर कृषी सहकारी हरुले रासायनिक मल खादमा अन्याथा रकम असुली गरेको पाईएको हो ।