-राजकुमार यादव
रौतहट न्यूज़ // नेकपा माओवादी पार्टी प्ररित्याग गरी दर्जनौं नेता नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहको निजि निवास मौलापुर पुगेर नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।


नेकपा माओवादीका वडा प्रत्याशी कमेश्वर साह आज आईतबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै गरी विभिन्न पार्टी प्रत्याग गरी रामदेव साह ,दिनेश राम ,देवनाथ बैठा ,अनत साह ,लक्ष्मी नरायण साह ,दिपेन्द्र ठाकुर ,राधेश्याम ठाकुर ,श्रीचन महतो ,विन्दालाल राय ,लालदेव साह ,जगरनाथ साह ,भोला महतो कोइरी ,विन्दा लाल साह ,चौठी बैठा , विद्यानन्द साह ,प्रदिप मुखिया ,राधेश्याम महतो नुनिया ,श्याम ठाकुर ,हृदेनरायण साह ,छठु महरा ,रामएकवल महरा,रामचन्द्र साह र बिरेन्द्र पटेल लगायत दर्जनौं नेता कार्यकर्तालाई भवन परिसर भित्र एक कार्यक्रम आयोजना गराई पूर्व मन्त्री साहले नर्वप्रवेशी हरुलाई फूलमाला टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा पूर्व मन्त्री साहले गठबन्धन सरकारले देशलाई कंगाल बनाएको आरोप लगाए। उनले भने, ‘देश एक वर्षमै कंगाल बन्यो, गठबन्धन सरकारले विकासका सबै आयोजना कटौती गरे।’ आगामी मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उनले दाबी समेत गरेको छ ।

-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।