• राजकुमार यादव

    रौतहट न्यूज़/ नेपालमा काला प्रदर्शनी सुरु भएको छ । मौलापुर नगरपालिका स्थित पुरातात्विक महादेव मन्दिरको प्रागनमा सात दिन देखी टिकटक स्टारहारु लगतार काला प्रस्तुत गर्दै आएका हुन् ।

    सावन सोमारी महोत्सवमा विभिन्न ठाउका टिकटक कलाकारहरु गित,गजल, श्यरी र कमेडी काला प्रस्तुत गरेर स्थानीयलाई मनोरञ्जन दिने कार्यक्रम सुरु गरेका छन् । इजोरीया सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको सो कार्याक्रम साउन २२ गते आईतबार देखी साउन ३० गते सोमबार सम्म रहने प्रमुख डाइरेक्टर राजकुमार साहले जनकारी दिनु भयो ।

    टिकटकका प्रभाव

    अन्तराष्ट्रिय रुपमा चर्चित मोबाईल एप तथा भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ । यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर अपलोड गर्दा यसै बिषयलाई लिएर पश्चीमी देशले आफ्नो देशमा टिकटक बन्द नै गरेका छन भने छिमेकी देश भारतले पनि सुरक्षा कै कारण देखाई टिकटक बन्द गरेको छ । बिभिन्न संघ संगठन तथा बैंकका कर्मचारी आदिले  ड्युटी यूनीफर्ममा नै  भिडियो बनाई सार्वजनिक गर्ने गरेको पाईएको छ । आफुलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड ,गाली गलौज गरिदिने प्रवृत्ति बढेको छ ।

    टिकटकबाटै गोपनीयता भंग चरीत्र हत्या , ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए । पछिल्लो समय अपशब्द बोल्ने,अभद्र व्यवहार गर्ने,रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्ने जस्ता गलत प्रयोग भएको छ । टिकटकबाटै मानसिक तनाब , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्ने महिला संख्या पनि बढेको छ । कोही यही टिकटक कै कारण आफु चर्चित तथा भाईरल हुने रहरले जोखिम लिएर भिडियो बनाएका छन भने केहिको त अनाबस्यक दुर्घटनामा परि मृत्यु समेत भएको छ  ।कुनै पनि कुराको राम्रो र नराम्रो पक्ष हुन्छन त्यस्को प्रयोगकर्ताको प्रयोगमा भर पर्छ । यसै मोबाईल एपको प्रयोगले राम्रा राम्रा सन्देश संप्रेषण गर्न तथा आफूमा भएको प्रतिभा ब्यक्त गर्ने प्लेटफर्म पनि भएकोले यसलाई कसरी प्रयोग गर्ने आफुमा भर पर्ने हुन्छ त्यसकारण  अबको समयमा सरकारले यस टिकटक बन्द गर्ने की यसलाई सही कार्यात्मक क्षेत्रमा लगाऊँन दिशाबोध गराऊने हो आगामी दिनले बताउने छ ।

    टिकटकको पक्षधार

    टिकटक एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो । अक्टोबर २०१८ मा टिकटक संयुक्त राज्य अमेरिकामा सर्वाधिक डाउनलोड गरिएको अनुप्रयोग बन्न सफल भएको थियो उक्त सफलता प्राप्त गर्ने यो पहिलो चिनियाँ अनुप्रयोग हो। सन् २०१८ मा यो विभिन्न देशका १८० भन्दा बढी बजारहरूमा र ​​८५ भाषाहरूमा उपलब्ध रहेको छ । सन् २०१९ मा, टिकटकले सन् २०१० देखि २०१९ सम्मको दशकको ७औं सर्वाधिक डाउनलोड गरिएको मोबाइल अनुप्रयोग बनेको घोषणा गरेको थियो। जुन २०२० देखि केभिन मायर टिकटकका प्रमुख कार्यकारी र सञ्चालन अधिकृत हुन् । तर हाम्रो छिमिकी देश भारतले टिकटकमा बेन्ड लगाईएको छ । भारतको सार्वभौमिकता, अखण्डता, प्रतिरक्षा, सुरक्षा तथा सार्वजनिक सुव्यवस्थामा खलल पुग्ने खालका गतिविधिमा भूमिका खेलेको भन्दै भारतले टिककट, विच्याट, विबो लगायतका विभिन्न ५९ वटा चिनिया एपमाथि प्रतिबन्ध लगाएको थियो ।