– राजकुमार यादव
रौतहट न्यूज़//
रौतहटको सदरमुकाम गौरमा आयोजित बृहद पार्टी प्रवेश कार्यक्रममा लोसपा , नेपाली कांग्रेस , माओवादी , एकिकृत समाजवादी ,जनमत पार्टी र जसपाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममा लोसपाका केन्द्रीय नेता तथा गौर नपाका निवर्तमान नगर प्रमुख अजय कुमार गुप्ता , केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साह, नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाइ नगरपालिकाकी पूर्व उपमेयर सुभद्रा गुप्ता , माओवादी पार्टीबाट भोला पाण्डे लगाएतका नेताहरु प्रवेश गरेको हो ।उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो कार्यक्रम बीच पार्टीमा स्वागत गरेका छन्।

एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको स्पष्ट पार्दै अध्यक्ष ओलीले जब सम्म अन्य दलहरु भ्रष्टाचारमा लिप्त भई जनताको खुन पसिना चुस्ने पार्टीहरु रहिरहन्छ तव सम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहेने स्पष्ट पार्दै गौरको ब्यारेक मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

एमाले अध्यक्ष ओली निर्धारित कार्यक्रम भन्दा ३ घण्टा ढिलो रौतहट सदरमुकाम गौर आइपुगेका थिए । प्रतिकुल मौसम र ठूलो बर्षाको कारण उनी चढेको सिम्रिक एयरको हेलिकप्टर वाराको सिमरा विमान स्थलमा आकस्मि अवतरण गरे । मौसम खुलेपछि दिउसो ४.१५ बजेको समयमा कार्यक्रम स्थल गौर आइपुगेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।