• राजकुमार यादव

    रौतहट न्युज़// रौतहट जिल्लाको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भए पछि विहीबारका दिन मौलापुर नगर भरी बाजागाजाका साथ विजयी जुलुस निकालेकी छिन् । महिला मेयर साहले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

    गत निर्वाचनमा मधेश प्रदेशको प्रथम महिला मेयर बनेकी साह दोस्रो कार्यकालका लागि अनुमोदन भएकी हुन् । बुधबार बेलुका सार्वजनिक भएको अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् ।मौलापुर नगरपालिकाको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्र र एउटा स्वातन्त्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

    गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ ।

    त्यस्तै, मौलापुर नगरपालिकाको उपमेयर पदमा पनि गठबन्धन उम्मेदवार रीना कुमारी साहलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नागेन्द्र राय यादव निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रकी उम्मेदवारलाई १ हजार ५ सय १० मतले पराजित गरेका हुन् । यादवले ४ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी साहले ३ हजार ४ सय ४ मत हासिल गरेका छन् ।